बेलचौतारा । बेलचौतारा युवा क्लबले आयोजना गरेको छैठौं दशै कप–२०७९ को उपाधि दिगो युथ क्लबले हात पारेको छ । शुक्रबार भएको फाईनल खेललमा दिगो युवा क्लबले शिलादेवी युवा क्लबलाई १–० गोलको अन्तरमा जित हासिल गरेको हो ।
प्रतियोगिताको पहिलो हाफमा दिगो युवा क्लबबाट मिलन गुरुङले गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । खेलको निर्धारीत समयमा दुबै टिमबाट गोल हुन नसकेपछि गुरुङको गोल नै उपाधि चुम्नका लागि निर्णायक गोल बन्यो ।
प्रतियोगितामा प्रथम भएसंगै दिगो युथ क्लबले नगर ५५ हजार ५५५ साथम कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यसै गरि प्रतियोगितामा उपविजेता रहेको शिलादेवी युवा क्लबले नगद ३३ हजार ३३३ साथमा कप, मेडल र प्रमाण पत्रमा प्राप्त गरेको छ ।

प्रतियोगितामा दिगो थुथ क्लबका कुशल भण्डारी उत्कृष्ण गोलरक्षक, आश्मान थापा बेष्ट प्लेयर घोषित भए । यसै गरि शिलादेवी युवा क्लबका प्रमिश पुलामी मगर बेष्ट डिफेन्डर र रर्क गार्डन् युथ क्लबका विशाल गुरुङ सर्वाधिक गोलकर्ता घोषित भए । विधागत विजेता सबैले नगद १५०० साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
स्थानीय स्तरमा रहेको खेलाडीको संरक्षण गर्दै राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ आयोजित प्रतियोगितामा असोज ८ गते देखि १४ गते सम्म सञ्चालित रहेको थियो ।