दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले आफुले पाउने सेवा सुविधा बापत रकम विपन्न नागरिकलाई वितरण गरेका छन् । आर्थिक अवस्थाको कमजोर रहेकै कारण चडपर्व खल्लो नहोस भन्ने हेतुले विपन्न नागरिकलाई रकम वितरण गरेको मेयर पण्डितले बताए ।
दशैं भित्र करिब ५० जना विपन्न नागरिकलाई आफ्नो तीन महिनाको सेवा सुविधा बापत रकम वितरण गर्ने मेयर पण्डितले बताए । ‘मैले चुनावको समयमा सेवा सुविधा वापत रकम विपन्न नागरिकलाई वितरण गर्छु भनेको थिए । अहिले सोही अनुसार विपन्न नागरिक छनोट गरेर वितरण गरिरहेको छु’ उनले भने ।
मेयर पण्डितले मंगलबार (आज) देखि विपन्न नागरिकलाई सेवा सुविधा बापतको रकम वितरण गर्न सुरु गरेका छन्। मेयर पण्डितका अनुसार अवस्था हेरी प्रति नागरिकलाई २ हजार देखि ५ हजार रुपौंया सम्म वितरण गर्ने भएका छन् ।