निराज रानाभाट/तनहुँ । काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानको अध्यक्षमा नेपालहरी रानाभाट चयन भएका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ मा शनिबार भएको प्रतिष्ठानको प्रथम साधारण सभाले नेपालहरिलाई अध्यक्षमा चयन गरेको हो ।
प्रतिष्ठानको प्रथम उपाध्यक्षमा शिवबहादुर रानाभाट , द्वितीय उपाध्यक्षमा राजु रानाभाट , महा – सचिवमा शिवलाल रानाभाट , सचिवमा कृष्ण रानाभाट , कोषाध्यक्षमा बिनोद रानाभाट , सह – कोषाध्यक्षमा अनिता रानाभाट चयन भएका छन् । यसैगरि सदस्यहरुमा प्रदीप रानाभाट , सोमलाल रानाभाट , ऐकेन्द्र राजभाट , गोविन्द रानाभाट चयन भएका छन् ।
कार्यक्रममा बोल्दै प्रा.डा. जगदीश बैद्यले काश्यप गोत्रीय रानाभाट प्रतिष्ठानले समाजमा रहेको विकृति विसंगत विरुद्ध लागि पर्न आग्रह गरे । साथै प्रतठानलाई आवश्यक परेको ठाउँमा आफु स्वयम उपस्थित भएर आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाली हिन्दुहरुको महान चाड विजय दशमी , शुभ दिपावली तथा छठ पर्वको शुभकामना समेत व्यक्त गरेका थिए ।
त्यसैगरी , साधारण सभाले नै काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानद्वारा प्रकाशित ‘रानाभाट तथा भाट समुदायको उत्पत्ति र विकास तथा काश्यप गोत्रीय वंशावली’ शिर्षकको पुस्तक विमोचन समेत गरिएको थियो ।
नेपालहरी रानाभाटको सभापतित्वमा सम्पन्न कार्यक्रममा रानाभाट ÷ भाट समाज नेपालका वरिष्ठ उपाध्यक्ष तथा काश्यप गोत्रीय रानाभाट केन्द्रीय प्रतिष्ठानका आजीवन सदस्य हरिबहादुर रानाभाट, म्याग्दे गाउँपालिका–२ का वडाध्यक्ष शिवबहादुर रानाभाट , म्याग्दे गाउँपालिका–२ का वडा सदस्य महेन्द्र रानाभाट , कास्कीको पोखरा महानगरपालिका २६ का वडा सदस्य एवम् प्रतिष्ठानका केन्द्रिय सदस्य तीर्थबहादुर राजभाट , कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का वडा सदस्य गंगा रानाभाट , चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक एवम् प्रतिष्ठानका आजीवन सदस्य कृष्ण रानाभाट लगायतको उपस्थिती रहेको थियो ।
‘पितापुर्खाहरुप्रतिको हार्दिक सम्मान’ भन्ने मुल नारासहित वि.सं. २०७८ सालमा प्रतिष्ठानको स्थापना भएका थियो । साधारण सभामा काठमाडौं उपत्यका लगायत चितवन, तनहुँ, कास्की जिल्ला लगायत विभिन्न ठाउँका रानाभाटहरुको उपस्थित भएका थिए । प्रतिष्ठानमा एक सय जना आजीवन सदस्यहरु र ४२ जना साधारण सदस्यहरु छन् ।