कोत्रे । शुक्लागण्डकी नगरपालिकाले चाडपर्व विशेष बजार अनुगमनलाई निरन्तरता दिएको छ । अनुगमनको तेस्रो दिन शुक्लागण्डकी(२ स्थित कोत्रे, नर्सरी, हलेदी, गाछेपानी लगायतको क्षेत्रमा बजार अनुगमन गरेको छ ।
अनुगमनको क्रममा म्याद गुज्रिएका खाद्य सामग्री जफत गिरएको नगरपालिकाका नगर प्रहरी प्रमुख रामशरण कार्कीले बताए । उनका अनुसार बजार क्षेत्रमा अनुगमन गर्दा विगतको तुलनामा व्यापारी र आम सर्वसाधारण नागरिकमा चेतनाको स्तर वृद्धि भएको कार्कीले बताए ।
नगरपालिकाले ६ गतेदेखि १० गते सम्म बजार अनुगमन गर्ने भएको छ । नगरपालिकाले ‘शुक्लागण्डकी नगरपालिकाको वजार निर्देशिका–२०७५’ बमोजिम बजार क्षेत्र अनुगमन गर्दै आएको छ ।