फिरफिरे (रातामाटा) । शुक्लागण्डकी नगरपालिका–१२ रातामाटाका स्थानीयले सिर्जनशीलआमा समुहको भवन आफैले उद्घाटन गरेका छन् । शुक्रबार एक कार्यक्रमका बिच गाउँका सवाजसेवी मनबहादुर गुरुङ सहित स्थानीयले सामुहिक रुपमा भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै समाजसेवी मनबहादुर गुरुङले सामाहिक रुपमा काम गर्दा आफुहरुले भवन बनाउन सकेको बताए । समाजमा फुटेर नभई जुटेर काम गर्दा जहिले पनि सफलता मिल्ने उनको भनाई रहेको छ । ‘सामाजिक काम समुहमा गर्दा सफल भईन्छ । त्यसैले हामी जुट्र अगाडी बढ्न जरुरी छ’ उनले भने ।
सिर्जनशील आमा समुहकी अध्यक्ष शोभा गुरुङले बैठक बस्न कुनै व्यक्तिको घर वा चैतारीमा बस्नुपर्ने समस्या समाधान भएको बताईन् । भवान बनाउन वडा कार्यालय, नगरपालिका साथै आम स्थानीय जनताको ठुलो साथ सहयोग रहेको बताईन् ।
समुहकी अध्यक्ष गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा समुहकी उपाध्यक्ष दुर्गाकुमारी राई, सदस्य अनिता विक, पुर्व टोल विकास समिति अध्यक्ष सुकबहादुर गुरुङ लगायतले बोलेका थिए भने स्थानीय भक्तबहादुर विक र समुहकी सचिव ईन्द्रकुमारी राईले कार्यक्रम सञ्चालन गरेका थिए ।