दमौली । तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा संविधान दिवसको अवसरमा प्रभातफेरी निकालिएको छ । विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा संविधान दिवस मूल समारोह समितिको आयोजनामा प्रभातफेरी निकालिएको हो ।
प्रभातफेरीमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, सुरक्षा निकायका प्रमुख एवं कर्मचारीको सहभागिता थियो ।
नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानले आज ८ औं वर्ष टेकेको छ ।