दमौली । जिल्लाको व्यास नगरपालिकाले संविधान दिवसको पुर्वसन्ध्यामा नगरपालिकाको कार्यालय परिसरमा सरसफाई गरेको छ ।
साथै नगरपालिकाले दिवसकै अवसरमा अन्तर कर्मचारी र जनप्रतिनिधि बिच खुल्ला व्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको फाईनल खेल संविधान दिवसकै दिन हुनेछ ।
सरसफाईमा नगरप्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला लगायत कर्मचारीको सहभागिता थियो ।