पोखरा । नेपाल विद्यार्थी संघ (नेवि संघ) पोखरा विश्वविद्यालय मुल इकाई समितिले विश्वविद्यालयमा भएको आर्थिक चलखेल विरुद्ध रिले अनसनलाई बसेको छ । भदौ ३० गतेबाट नेवि संघले रिले अनसन सुरु गरेको थियो ।
पहिलो दिन संघका नेता युनिक लम्साल, शेखर ठकुरी र सरोज शाह अनसन बसेका थिए । रिले अनसनको तेस्रो दिन भीष्म श्रेष्ठ र सुनिल तिमिल्सिना बसिरहेका छन् ।
विश्व विद्यालयका पदाधिकारीले शैक्षिक गुणस्तर वृद्धि गर्न लागि पर्नुभन्दा विश्व विद्यालयमा नै राजनीति गर्ने र आथिक चलखेल गर्न लागि परेको संघले जनाएको छ । ‘विश्वविद्यालयका पदाधिकारीहरु ले राज्यशक्ति को दुरुपयोग मार्फत प्रशासन लगाएर विद्यार्थीका आबाज दबाउन खोजिनु निर्लजता हो । विश्वविद्यालयमा भइराखेको शिक्षाको गुणस्तर सुधार गरी भएका कार्यक्रमलाई मजबुत बनाउनु पर्ने ठाउँमा शिक्षाको तपोभुमिलाई आप्नो राजनैतिक र आर्थिक स्वार्थ पुरा गर्न प्रयोग गरिनु दुखद छ’ संघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।