तनहुँ । जिल्लाको भिमाद नगरपालिका(५ मिछलुङस्थित मडुवामा गएराती बलेरो जीप दुर्घट्ना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजा हरिनास गाँउपालिका ५ बस्ने बर्ष ४० का केशबहादुर थापाको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गएराती ऋषिङबाट दुलेगौँडातर्फ आउदै गरेको मल्ल सिरक डसना उद्योग दुलेगौँडाको ग ३ च २१२९ नम्बरको बलेरो जीप दुर्घट्नामा परी चालक घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पानी परेकाले बाटो चिप्लो भएको र जीप छेउतिर गएर दुर्घट्ना भएको प्रहरीको भनाई छ । आफैले चलाएको गाडीले चेपिएर चालक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय भिमादका सही युवराज सलामी मगरले जानकारी दिए । उनका अनुसार बलेरो सडकबाट करिब २५ फिट तल खसेको छ । गाउँ(गाउँबाट पुरानो कपडा संकलन गरेर फर्किदै गर्दा बलेरो दुर्घट्नामा परेको हो ।