दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहदै आएको लायन्स क्लब अफ शुक्लागण्डकीले शुक्रबार ८ औं स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
दुलेगौंडा स्थित नेवार समाज हलमा एक कार्यक्रमका बिच क्लबले स्थापना दिवस मनाएको छ । कार्यक्रममा बाेल्दै लायन्स क्लब अफ इन्टरनेशनल ३२५ एम का भिडिजि चण्डी प्रसाद अर्यालले लायन्स क्लक आफुभन्दा कम भाग्यमानीकाे सारथि बनेको बताए । साथै शुक्लागण्डकी लायन्सले समग्र शुक्लागण्डकी नगरपालिकामैउत्कृष्ट कार्य गरेकाे बताए । क्लबका अध्यक्ष सुमन सापकोटाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लबका एम्.जे.एफ कृष्णप्रसाद पाैडेल, एसिस्टेण्ड चिफ एडभाइजर माेतिप्रसाद पाैडेल, संस्थापक अध्यक्ष तिर्थराज खनाल, शु्कलागण्डकी-६ का वडाध्यक्ष बुद्धिबहादुर थापा, लायन्स प्रदिप थापा, मिनबहादुर लामिछाने, फणीन्द्र पाैडेल, सुरेन्द्र पाैडेल लगायतको उपस्थिति रहेको थियाे ।