दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक जग्गा, स्थल, सडक तथा प्रचलित कानुन विपरित सञ्चालित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।
नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा ९२० मा बमोजिम सार्वजनिक ऐलानी जग्गा, सार्वजनिक भवन सम्पदा तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा गर्न ३५ दिने सूचना जारी गरेको हो ।
ञनगरपालिका क्षेत्र भित्रका सार्वजनिक जग्गा प्रयोग गरी सञ्चालन भएका व्यापार तथा व्यवसाय, सडकको क्षेत्राधिकार भित्र सञ्चालन भएरगरेको व्यवसाय, सार्वजनिक जग्गा, राजमार्ग तथा भित्री सडकहरु ओगटी गरिएका निर्माणजन्य कार्य,सार्वजनिक जग्गा तथा सडकको क्षेत्राधिका र भित्र सञ्चालित ठेलागाडा तथा घुम्ती सवारी साधन समेत हटाउनका लागी ३५ दिने म्याद दिदै सुचना जारी गरिएको छझ प्रमुख प्रशासकीय अधिकृत लिला वल्लभ न्यौपानेले हस्ताक्षर रहेको नगरपालिकाको सुचनामा उल्लेख गरिएको छ ।