दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका वडा नं ६ का स्थाई बासिन्दा हाल मलेसियाको लागी नेपाली राजदुत नियुक्त महामहिम डिल्लीराज पौडेलको शुक्लागण्डकी नगरपालिकामा स्वागत एवं सम्मान गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकामा आयोजित बिशेष कार्यक्रममा उहाँलाई स्वागत एवं सम्मान गरिएको हो । नगर प्रमुख कृष्णराज प्रमुखको अध्यक्षतामा सपन्न कार्यक्रममा बोल्दै नवनियुक्त राजदुत पौडेलले आफ्नो राजदुतको रुपमा आफु कार्यरत रहुन्जेल दुई देशबिचको आपसी सम्बन्धलाई सुदृढ बनाउदै नेपालको श्रम गन्तब्यको रुपमा रहेको मलेसियामा कार्यरत कामदारको हक अधिकार र सुबिधाको लागी लागि पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले राष्ट्रसेवक कर्मचारीले मितव्ययी भएर नागरिकलाई अधिकतम सेवा दिने कार्य गर्न समेत आग्रह गर्नु भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णराज पण्डितले शुक्लागण्डकी नगरपालिकाको ईज्जत र प्रतिष्ठालाई उच्च राख्दै मलेसियाको राजदुत नियुक्त हुनुभएकोमा गौरबानुभुती भएको बताउनु भयो । साथै उहाँले राजदुत पौडेललाई नगरको बिकासका लागी राष्ट्रीय तथा अन्तर्राष्ट्रिय रुपमा सहयोगका लागी पहलकदमीका लागी अनुरोध गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत लिला वल्लभ न्यौपाने, वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगर सभा सदस्यहरुले समेत राजदुत पौडेललाई स्वागत एवं सम्मान गर्नु भएको थियो ।