दमौली । तनहुँमा दुई बालिकालाई बलत्कार गरेको अभियोगमा एक युवकलाई १९ बर्ष कैद फैसला भएको छ । जिल्लाको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सोही स्थानका ३३ वर्षीय रमेश तामाङलाई कैद फैसला भएको हो ।
जिल्ला अदालत तनहुँले तामाङलाई बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक÷एक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको छ ।
तामाङले विसं २०७७ असार ३० गते सुस्तमनस्थिति भएका दुई बालिकालाई बलात्कार गरेको भन्दै पीडितका परिवारले सोही दिन इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेमा उजुरी दिएका थिए । उजुरीपश्चात् प्रहरीले सोही दिन तामाङलाई पक्राउ गरेको थियो । तामाङ जिल्ला अदालतको आदेशमा विसं २०७७ साउन २४ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए ।