दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले गत आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रगतिको समिक्षा गरेको छ । शुक्लागण्डकी नगरपालिकामा गत आर्थिक बर्षमा के कति योजना सम्पन्न भए, कति हुन बाँकी छ, कार्य सम्पादनमा देखिएका समस्या र समाधानको उपायहरु प्रगति समिक्षा गोष्टीमा प्रस्तुत भएको थियो ।
गत आर्थिक बर्षमा शुक्लागण्डकी नगरपालिकामा ७९२ वटा योजना रहेको योजना शाखा प्रमुख पुष्पराज गिरीले बताए । उनका अनुासर कुल योजनामध्य ६४५ योजना सम्झैता भएको, ५५५ योजना भुक्तानी सिफरिस र ९० वटा योजना कार्यन्वयनको प्रक्रियामा रहेको बताए ।
बार्षिक प्रगति समिक्षा गोष्टीमा शुक्लागण्डकी नगरपालिकाका प्रत्यक वडाका वडा सचिव, शुक्लागण्डकी नगरपालिकामा रहेको हरेक शाखाका शाखा प्रमुखले आफ्नो बार्षिक प्रगतिको समिक्षा गरेका थिए ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक राजु, वडा अध्यक्ष र वडा सदस्यहरुको उपस्थिती रहेको थियो ।