दुलेगौंडा । ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीको मातहतमा रहेको पैरवी समुहले बाल दिवसको अवसरमा सचेतनामुलक सडक र्याली गरेको छ ।
‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मुल नारा सहित पैरवी समुहले दुलेगौंडादेखि खैरेनीटार सम्म सडक -याली गरेको हो । स्थानीय स्तरमा बाल अधिकार सम्बन्धी जनचेतना फैलाउने उद्देश्य सहित समुहले ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा सडक -याली गरेको हो । -यालीमा बाल हिंसा अन्त्य गर, बाल शोषण अन्त्य गर, बाल अधिकारको संरक्षण गरौं, बालविवाहको अन्त्य गरौं, अपाङतामैत्री विद्यालय व्यवस्था गर, बलत्कारीलाई फसी दे लगायतका नारा लगाएका थिए ।