दुलेगौंडा । बिहीबार तनहुँका विभिन्न क्षेत्रमा विहान १० बजेदेखी बेलुकी ५ बजेसम्म विद्युत सेवा अबरुद्ध हुने भएको छ ।
चाईना कम्युनिकेसन कन्ट्रक्सन कम्पनि लिमिटेडले मुग्लिङ पोखरा सडक खण्ड विस्तार गर्नका लागि सडक छेउका रुख काट्नुपर्ने हुदाँ विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण लेखनाथ वितरण केन्द्रका निमित्त केन्द्र प्रमुख प्रमोदराज पंगेनीले जानकारी दिए । उनका अनुसार भोलि (बिहीबार) शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिकाका, रिसिङ गाउँपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बुलिङटार र बौधिकाली गाउँपालिकामा विद्युत सेवा अबरुद्ध हुने छ ।