दुलेगौँडा । विद्यालय कार्यसम्पादन परीक्षणमा शुक्लागण्डकी नगरपालिका–५, बेलचौतरामा रहेको जनकल्याण माध्यमिक विद्यालय तनहुँ जिल्लामै सर्वोत्कृष्ट भएको छ । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सार्वजनिक गरेको कार्यसम्पादन परीक्षणको प्रतिवेदन अनुसार जनकल्याण मावि जिल्लामै सर्वाेत्कृष्ट भएको हो ।
नहुँ जिल्लामा रहेको ६० वटा सामुदायिक विद्यालयको कार्यसम्पादन परीक्षणमा हेर्दा जनकल्याण अग्र स्थानमा देखिन्छ । जहा जनकल्याणले कार्यसम्पादन परीक्षणमा ८७.७१ अंक प्राप्त गरेको छ । देशभरीमा हेर्ने हो भने यो विद्यालय १४ औँ स्थानमा परेको छ ।
सार्वजनिक प्रतिवेदन अनुसार कास्कीको विन्ध्यावासिनी मावि बाटुलेचौर ९४.५९ अंक प्राप्त गरी नेपालमै सर्वोत्कृष्ट भएको छ ।
शुक्लागण्डकी नगरभित्रका सामुदायिक विद्यालयमा खैरेनी माविले ८१.११ अंक प्राप्त गरी दोस्रो र ८०.११ अंक प्राप्त गरी पञ्चमुनिदेव मावि दुलेगौँडा तेस्रो भएको छ । यसैगरी जनप्रेमी मावि लामागाउँले ७६.०८, सरस्वती मावि थप्रेकले ७३.६४, शहीदकृष्ण मावि कवासेले ७२.३१, तालवेशी माविले ६८.५०, गाउँफर्कोदय मावि ढोरफिर्दीले ६८.१४, अमरज्योति मावि तल्लीपोखरीले ६७.१६ अंक प्राप्त गरेका छन् । त्यस्तै, छब्दी माविले ६३.२७, दिवश मावि उदेनढुङ्गाले ६२.३६, राजपुर मावि. राजपुरले ६२.३४, आधारभुत मावि साँखेले ५९.०३, हंशबाहिनी मावि एक्लेखेतले ५६.२१ महेन्द्र मावि राइपुरले ५५.४७ र सरस्वती नमुना मावि खैरेनीटारले ५४.८३ अंक प्राप्त गरेको छ ।