दुलेगौंडा । नेवाःदेय दबु गण्डकी प्रदेशको अध्यक्षमा शुक्लागण्डकीका हरिकुमार श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । यसअघि कार्यवाहक अध्यक्ष रहेका श्रेष्ठ नेवाःदेय दबु गण्डकी प्रथम अधिवेशनबाट अध्यक्षमा चयन भएका हुन् ।
नवलपुरमा भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा विश्व शंकर खुआजु ( कास्की ), उपाध्यक्षमा मथुरा कृष्ण श्रेष्ठ (तनहुँ ), उपाध्यक्षमा विद्या देवी श्रेष्ठ (लम्जुङ्ग), प्रमुख सचिबमा राजु श्रेष्ठ (कास्की ), सचिबमा अर्जुन कुमार श्रेष्ठ (नवलपुर ), सचिवमा पुश्पा श्रेष्ठ (गोर्खा ) र कोषाध्यमा भुवराज श्रेष्ठ ( नवलपुर ) सर्वसम्मत भए ।
यसै गरि, सदस्यहरुमा किसान प्रधान (तनहुँ), सुर्यमान श्रेष्ठ (गोर्खा), गङ्गाप्रसाद श्रेष्ठ (स्याङ्जा), कृष्णलाल श्रेष्ठ ( लम्जुङ्ग), योगेन्द्रनारायण श्रेष्ठ ( नवलपुर ), अनिलकुमार मास्के (पर्वत), उमाकान्त श्रेष्ठ ( तनहुँ ), कृष्णकुमार श्रेष्ठ (गोरखा), उमा श्रेष्ठ ( स्याङ्जा ), मिना श्रेष्ठ (लम्जुङ्ग), देवि श्रेष्ठ (तनहुँ ) र तीकादेवी श्रेष्ठ ( नवलपुर ) रहेका सर्वसम्मत चयन भएका छन् ।