दुलेगौंडा । भानुभक्त बहुमुखी क्याम्पस स्नातक तह दोस्रो, तेस्रो र चौथो बर्षका विद्यार्थीको समुहले नव आगन्तुक विद्यार्थी र प्राध्यापकलाई स्वागत तथा सम्मान गरेको छ । शुक्रबार संस्कृतिक कार्यक्रम सहित विद्यार्थीको समुहले सामुहीक रुपमा नव आगन्तुक विद्यार्थी साथै नव आगन्तुक प्राध्यापक मनिता गुरुङ, लक्ष्मी लम्साल अधिकारी र विष्णुहरि तिमिल्सीनालाई स्वागत तथा सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा.चन्द्रबहादुर थापाले विद्यार्थीले गरेको कार्यक्रमले क्याम्पस र विद्यार्थी विच सुमधुर सम्बन्ध कायम गर्न सहयोग पु¥याएको बताए ।
विद्यार्थी सुजता क्षत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख रमेशबहादुर अधिकारी, सहायक क्याम्पस प्रमुख धनप्रसाद पोख्रेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा भक्तबहादुर विकले स्वागत मन्तव्य, सुजन तिमिल्सेनाले विद्यार्थी तर्फबाट मन्तव्य, स्नातक तह प्रथम बर्षका सविन पौडेलले धन्यवाद मन्तव्य दिएका थिए ।