दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–३ कवासेमा रहेको शहीदकृष्ण माध्यामिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा पर्शुराम भण्डारी चयन भएका छन् । शुक्रबार भएको वृहत अभिभावक भेलाले भण्डारीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
समितिको सदस्यमा सरस्वती थापा, हरि खरेल, बिष्णु सुनार, उमादेवी सुवेदी, गीता सुवेदी, तीर्थराज गर्तौला, युवराज श्रेष्ठ र राजन प्रसाद खनाल चयन भएका छन् । यसै गरि सोही भेलाले नै शिक्षक अभिभावक संघको अध्यक्षमा हरि गर्ताैलालाई चयन गरेको छ । यसै गरि सदस्यमा सेर्वु तामाङ, सविला खातुन, दिया कुमाल, मंगल प्रसाद श्रेष्ठ, अन्जु सुनार, सोनी ढकाल र भरत पौंडेल चयन भएका छन् । शुक्लागण्डकी नगरपालिका–३ का वडा शिक्षा समितिको संयोजक एवम् वडाध्यक्ष सचिन भुजेलको अध्यक्षतामा कार्यक्रम शुक्लागण्डकी नगरपालिका–४ का वडाध्यक्ष राजकुमार वाग्ले, संस्थापक वडाध्यक्ष शिवकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।