दुलेगौंडा । नेपाली कांग्रेस शुक्लागण्डकी नगरपालिका–८ ले आफ्नो वडामा भुमिहिन सुकुम्वासी, भुमिहिन दलित र अव्यवस्थित वसोवासीलाई चाडो लालपुर्जा दिलाउने प्रक्रिया अगाडी बढाउन माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । बुधबार कांग्रेसका वडा सभापति सुरेन्द्र सेन नेतृत्वको समितिले नगर प्रमुख कृष्णराज पण्डित समक्ष ध्यानाकर्षण सहित ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझ्दै मेयर पण्डितले अबको केही समयभित्रै शुक्लागण्डकी नगरपालिकामा–८ मा लालपुर्जा दिलाउने प्रक्रिया अगाडी बढाउने बताए । ‘हामीले अहिले वडा नंम्बर ७ मा नाप नक्शा काम सकिसकेका छौं । वडा नंम्बर २ मा नाप नक्शाको काम भैरहेको हुँदा अब केही समयभित्रै वडा नंम्बर ८ मा प्रक्रिया अगाडी बढाउन तयारीमा लागिरहेका छौं’ उनले भने ।
कांग्रेसका वडा सभापति सुरेन्द्र सेनले नगरपालिकाले तत्काल निस्सा वितरण गरेर नाप नक्शाको प्रक्रिया अगाडी नबढाए थप दवावको कार्यक्रम ल्याउने बताए । ज्ञापन पत्र वुझाउने टोलीमा माधव भट्टराई, चन्द्रकला भट्टराई, नवराज वानिया लगायतको उपस्थिति रहेको थियो
नाटक नाैटकी सबै