दुलेगौंडा । गजलकार विमल जि.सी. ‘कान्छु’ कोे ‘हो है !’ गजल संग्रह सार्वजनिक भएको छ । मंगलबार उनले आफ्नो जन्म दिनको अवसरमा गजल सङ्ग्रह सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले ‘हो है !’ गजलले समाजको यर्थाथ प्रस्तुत गरेको बताए । उनले राजनीति र समाज सेवासंग साहित्य जोडीने भएकाले कला र साहित्यको प्रबद्धनको लागि नगरपालिका लागि पर्ने प्रतिबद्धता जनाए ।
गजलमा प्रमील, प्राकृतिक, समुदाय, मिलन–विछोड, पारिवारीक विषयलाई समेटेर तयार पारिएको गजल संग्रहका स्रष्ट जि.सीले बताए । उनका अनुासर गजल संग्रह ‘हो हैं !’ को अर्थ सामान्यता बोलिचालिको भाषमा सही थप्ने रहेको छ । यस गजल संग्रहमा १३० गजल र केही मुक्तकहरु पनि समावेश गरिएको छ ।
गजलका जि.सी दुखियालाई दुख दियौं, भयो भेट आधिमुलैमा, तालबाराही वर पिपल, रित रछै जस्ले पनि लगायताका गीतहरुका शब्द स्रष्टा पनि रहेका छन् । गजलकार जि.सी भुजेल समाज सेवा समितिका केन्द्रीय सचिव, आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश सचिव, लोकदोहोरी प्रतिष्ठान गण्डकी प्रदेश स्वास्थ्य विभाग प्रमुख, आदिवासी जनजाति कलाकार महासंघ गण्डकी प्रदेश सदस्य, शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य लगायत विभिन्न सामाजिक संघ संगठनमा आबद्ध रहेका छन् ।
भुजेल समाज सेवा समितिका अध्यक्ष ईन्दिरा भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका केन्द्रिय सदस्य शंकर विरही गुरुङ, प्रतिष्ठानका गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ, शुक्लागण्डकी नगरपालिकाका संस्थापक उपप्रमुख सविता रसाईलि, कार्यपालिका सदस्य खिमबहादुर कुमाल, नागरिक समाजका अध्यक्ष खेमराज खनाल, समाजसेवी मोतिप्रसाद पौडेल, सुजित हिराचन लगायतको उपस्थिती रहेको थियो ।