दुलेगौंडा । पछिल्लो समय स्थानीय तहले कृषि क्षेत्रमा क्रान्ति गर्न किसानहरुलाई हाते ट्याक्टर वितरण गर्दै आईरहेको छ । तर यता तनहुँको म्याग्दे गाउँपालिकाले भने हलगोरु पाल्ने किसानलाई प्रोत्साहान स्वरुप १० हजार रुपौंया दिने भएको छ । गाउँपालिकाको माथिल्लो भेगमा ट्याक्टर पनि नजाने हुदाँ उक्त क्षेत्रका कृषकलाई प्रोत्साहन गर्न अनुदान स्वरुप रकम उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
हाते ट्याक्टरको प्रयोगले गोरुपालन पनि विस्थापित हुदै गईरहेको अधिकारीले बताए । उनका अनुासर गाउँपालिकाले गर्न लागेको यस कार्यले गोरुले जोतेर जिविकोपार्जन गर्ने कृषकलाई राहात मिल्ने छ । ‘आधुनिकता संगै हाते ट्याक्टर वितरण गरे पनि गाउँपालिकाको माथिल्लो भेगमा रहेको खेतमा ट्याक्टर जान सक्ने अवस्था छैन । उक्त ठाउँमा गोरु लगेर जोत्ने र खेतिपाती गर्नुपर्ने अवस्था पनि छ । हामीले यसरी गोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप रकम दिन थाले पछि उनिहरुलाई पनि राहत मिल्छ’ उनले भने ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्य अगाडी बढाएको बताए ।