तनहुँ । हास्य टेलिशृंखला ‘सक्किगो नि’का कलाकार मधुसूदन पाठक (सिते बा)ले आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन् । मंसिर ४ गते हुने चुनावमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन लागेका हुन् । यो क्षेत्र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हो ।
बिहीबार ललितपुरमा आयोजित ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ मा पाठकले चुनावमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। सुमन सायमी संयोजक रहेको उक्त अभियानको उद्देश्य स्वतन्त्रहरूले एकै चुनाव चिह्न र घोषणापत्रमा चुनाव लड्न रहेको बताइएको छ।
यस्तै, सक्किगोनिका अर्का कलाकार कुमार कट्टेल (जिग्री)ले चुनावमा उठ्ने तयारी गरिरहेका छन्। उनी झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष केपी ओलीसँग चुनाव लड्ने तयारीमा छन्।