दुलेगौंडा । रिलायबल नेपाल लइफ इन्स्योरेन्स लिमिटेड दुलेगौंडाले ५ औं वार्षिकोत्सवको अवसरमा शुक्लागण्डकी नगरपालीका –२ गाछेपानी स्थित श्री मुक्तिनाथ शुक्लागण्डकी च्यावन धाममा रहेको वृद्धाश्रममा खाधन्न समग्री सहयोग गरेको छ । वृद्धाश्रममा रहेको वृद्ध आमाबुबाको सम्मान गर्दै लिमिटेडले चामल, दाल, नुन, तेल लगायत फलफुल सामग्री सहयोग गरेको हो ।
रिलायबल ईन्स्योरेन्स जीबन बीमा गराउने संगसंगै सामाजिक कार्यमा पनि सक्रिय रहदै आएको दुलेगौडा शाखा प्रमुख शम्भु पौडेलले जानकारी दिए । उनका अनुसार विगतका दिनमा जस्तै यस बर्ष पनि आफुहरुले सामाजिक कार्य गरेर नै वार्षिकोत्सव मनाएको बताए । उनले संस्थाको विकासका लागि नियामक निकाय ,संस्थापक , पत्रकार, बीमीत, अभिकर्ता, एजेन्सी म्यानेजर, एम डि आर टि लगायतलाई सबैको साथ र सहयोग रहेको बताए ।
खाधन्न समाग्री विगरण कार्यक्रममा रिलायबलका शाखा प्रमुख पौडेल लगायत दुलेगौडा शाखाकी प्रथम एम् डि आर टि तेजकुमारी अधिकारी , सिनीयर एजेन्सी म्यानेजर कमल प्रसाद शर्मा, एजेन्सी म्यानेजर सुरज पौडेल र इस्योरेन्स एडभाइजर कमल अधिकारी को उपस्थिती रहेको थियो ।