दुलेगौंडा । महिलाहरूकाे महान पर्व हरितालिका तीजको अवसरमा शुक्लागण्डकी नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
साेमबार नगरपालिकाले एक सुचना जारी गर्दै सार्वजनिक विदा दिने घाेषणा गरेको हाे । भाेलि नगरपालिका, वडा कार्यालय, सेवा कार्यालय, बैंक तथा बित्तिय संस्था, सार्वजनिक तथा निजी संघ संस्थालाई समेत सार्वजनिक विदा दिने निर्णय भएको मेयर कृष्णराज पण्डितकाे हस्ताक्षर रहेको सुचनामा उल्लेख रहेको छ ।
तनहुँकाे व्यास नगरपालिकाले पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।