दुलेगौंडा । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको तलब वृद्धि नहुदाँ नेपाल विद्यालय कर्मचारी परिषद आन्दोलित भएको छ । राज्यले २०७९/८० को बजेट भाषणमा सम्पूर्ण कर्मचारीको तलब वृद्धि गर्दा समेत विद्यालयमा कार्यरत विद्यालय कर्मचारीको तलबमा वृद्धि नगरेको र दरबन्दी थप गर्न राज्यले ध्यान नदिएको भन्दै आन्दोलित भएको हो ।
सामुदायिक विद्यालयका कर्मचारीले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक पक्षको विकास सहयोग गरेको हुदाँ राज्यले विद्यालय कर्मचारीको माग पुरा गर्नुपर्ने बताएको छ । नेपाल विद्यालय कर्मचारी परिषद, राष्ट्रिय समितिको साउन २० गतेको बैठकले कर्मचारीलाई गरेको अन्यायको विरुद्ध भदौ १ गतेबाट चरमबद्ध आन्दोलन सुरु गरेको थियो ।
तनहुँमा पनि परिषदको जिल्ला कार्यसमितिले भदौ १२ देखि १८ गतेसम्म विद्यालय बन्द गरि आन्दोलन सफल पार्न शिक्षा विकास तथा समन्व्य ईकाइ, स्थानीय तहका प्रमुख/अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, सरोकारवाल शैक्षिक पेशागत संघ, संगठन, पत्रकार, शिक्षक, विद्यार्थी र अभिभावकलाई आग्रह गरिएको छ । आजदेखी तनहुँका विभिन्न विद्यालयले विद्यालय बन्द गरि आन्दोलन सफल पार्न सहयोग गरेका छन् ।