जनकल्याण माध्यमिक विद्यालय, शुक्लागण्डकी ५, तनहुँमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । शनिवार विद्यालयमा आयोजित अभिभावक भेलाबाट समिति गठन गरिएको हो । सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्र्न संघीय शिक्षा ऐन २०२८ संसोधन सहित तथा शुक्लागण्डकी नगर शिक्षा ऐन २०७५ ले गरेको व्यवस्थाअनुसार सर्वसम्मत रुपमा समिति गठन गरिएको छ । समितिको अध्यक्षमा सञ्जय थापा सार्की र सदस्यहरुमा अब्दुल गफुर मिया, सिर्जना उपाध्याय र गिता श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । सोहि भेलाबाट सोम बहादुर परियारको अध्यक्षतामा शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ ।
उक्त भेलामा बोल्दै विद्यालयका प्रधानाध्यापक दिपक ढकालले संघीय शिक्षा ऐन तथा नगर शिक्षा ऐनले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाको बारेमा प्रष्ट पार्नुहुँदै आगन्तुक अतिथि तथा अभिभावक ज्युहरुलाई स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका नि.वर्तमान अध्यक्ष दुर्गा कुमार श्रेष्ठले समितिमा नरहे पनि विद्यालयको समग्र विकासको लागि आफ्नो उपस्थिति निरन्तर रहिरहने बताउनु भयो । वडा शिक्षा समतिका अध्यक्ष एवं शुक्लागण्डकी नगरपालिका वडा नंं. ५ का वडा अध्यक्ष दिर्घ बहादुर थापाको अध्क्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ५ का जनप्रतिनिधि ज्युहरु, विद्यालयका सल्लाहकार समतिका सदस्य ज्युहरु, अभिभावक एवं शिक्षकहरुको उपस्थिति रहेको थियो । नव निर्वाचित समितिलाई शुभकामना दिनुहुँदै वडा शिक्षा समितिका अध्यक्ष एवं वडा अध्यक्ष दिर्घ बहादुर थापाले विद्यालयको रेखदेख र व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी अभिभावकको रहेकोल बताउनुभयो ।