दुलेगौंडा । क्षत्री समाज शुक्लागण्डकी नगरपालिका–८ ले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।
बुधबार हिमालि टोमालमा एक कार्यक्रम गरि तीजविशेष कार्यक्रम मनाएको हो । कार्यक्रममा महिलाहरुले तीज गीत मार्फत आफ्ना पिडा, वेदना, देशको राजनीतिक अस्तिरता र व्यवस्थाको विषय उठान गरेका थिए ।
कार्यक्रममा बोल्दै क्षत्री समाज गण्डकी प्रदेशका सदस्य शिवशंकर बानियाले समाजको विकासका लागि सबै जना एकजुट भएर लाग्नुपर्ने बताए । महिलाहरुले तीजको दिनमा मात्र नभई अन्य दिनमा पनि घरबाहीर निस्केर समाजको विकासमा लागि पर्नुपर्ने बताए ।
क्षत्री समाज शुक्लागण्डकी–८ का उपाध्यक्ष रमेशबहादुर महतको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षत्री समाजका प्रदेश सदस्य बाँनिया, समाजका पूर्व अध्यक्ष कृष्णप्रसाद महत, समाजका सचिव बिष्णुबहादुर महत, वडा सदस्य अशोक महत र मानबहादुर क्षत्री, सदस्य दिपक क्षत्री लगायतले तीजको शुभकामना व्यक्त गरेका थिए ।