दुलेगौंडा । नेपाली महिलाहरुको महान चाड हरितालिका तिज आउन एक हप्ता बाँकी छ । यसै बिच जिल्ला प्रशासन कार्यालय तनहुँले हरितालिका तीजलाई भड्किलो र खर्चिलो नबनाउन आग्रह गरेको छ ।
मंगलबार प्रशासनले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै तीज भड्किलो र खर्चिलो भएको गुनासो आएकाले त्यस्ता कार्य रोक्न आग्रह गरेको हो ।
परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्धन गर्ने बाहेक अन्य खर्चिला कार्यक्रम नगर्न विज्ञप्तीमा उल्लेख गरिएको छ ।