दुलेगौंडा । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा पहलसिं थापा मगर चयन भएका छन् । शनिबार भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर कमिटीको प्रथम नगर अधिवेशनले मगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कोशबहादुर गुरुङ, सचिवमा नारायणकुमार श्रेष्ठ, कोषध्यक्षमा उत्सव भुजेल र उपसचिवमा कल्पना कुमाल चयन भएका छन् । यसै गरि सदस्यहरुमा निरु भुजेल, किमबहादुर पुन, भुपाल आले, मंगल तामाङ र अनिता श्रेष्ठ चयन भएका छन् ।
अधिवेशनमा बोल्दै नेकपा एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले एमालेका भतृ संगठनहरु आउदो निर्वाचनमा चलायमान भएर एमालेलाई अग्र पंक्तिमा ल्याउने बाटो अग्रसर बन्नुपर्ने बताए । उनका अनुासर सबैभन्दा धेरै सक्रिय कार्यकता रहेको पार्टी एमाले रहेको हुदाँ आउँदो निर्वाचनमा एमालेले गुमेको विरासत फिर्ता गर्ने बताए ।
लोकतान्त्रिक आदिवासी जनताति महासंघ तनहुँ जिल्ला उपाध्यक्ष अमरराज थापाको सभातित्वमा सम्पन्न कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनताति महासंघ केन्द्रिय सचिवालय सदस्य खिम कुमाल, प्रदेश सदस्य विमल भुजेल, जिल्ला अध्यक्ष रकबहादुर गुरुङ, जिल्ला सदस्य आनन्दकुमार श्रेष्ठ र खिम महत, शुक्लागण्डकी १२ का वडाध्यक्ष ईन्द्र गुरुङ र पार्टीका नगर कमिटी सदस्य सुरेन्द्र तामाङ लगायतले बोलेका थिए ।