हदेली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका स्थायी कमिटी सदस्य किरण गुरुङले अघिल्लो निर्वाचनमा गुमेको विरासत फिर्ता गर्न सबै लागि पर्नुपर्ने बताए । शनिबार शुक्लागण्डकी–२ हलेदीमा भएको लोकतान्त्रिक आदिवासी जनजाति महासंघ शुक्लागण्डकी नगर कमिटीको प्रथम नगर अधिवेशनमा गुरुङले उक्त अभिव्यक्ति दिएका हुन् ।
अघिल्लो निर्वाचनमा सोचे जति परिणम नआएको हुदाँ मंसिर ४ गते गुमेको विरासत फिर्ता दिन रहेको बताए । उनका अनुासर देशलाई समृद्धिको बाटोमा डोहो¥याउने पार्टी एमाले रहेको हुदाँ यमालेलाई जिताउनतर्फ लागि पर्न सबैलाई आग्रह गरे । साथै उनले सक्रिय कार्यकता भएको पार्टी एमाले रहेको दाबि गरे । ‘आजसम्म सबैभन्दा बढि सक्रिय कार्यकर्ता रहेको पार्टी एमाले हो । कांग्रेसमा त छदै छैन् र र माओवादीमा पनि छैन्’ उनले भने । एमालेका भतृ संगठनहरु आउदो निर्वाचनमा चलायमान भएर एमालेलाई अग्र पंक्तिमा ल्याउने बाटो बनाउन आग्रह गरे ।
लोकतान्त्रिक आदिवासी जनताति महासंघ तनहुँ जिल्ला उपाध्यक्ष अमरराज थापाको सभातित्वमा सम्पन्न कार्यक्रममा लोकतान्त्रिक आदिवासी जनताति महासंघ केन्द्रिय सचिवालय सदस्य खिम कुमाल, प्रदेश सदस्य विमल भुजेल, जिल्ला अध्यक्ष रकबहादुर गुरुङ, जिल्ला सदस्य आनन्दकुमार श्रेष्ठ र खिम महत, शुक्लागण्डकी १२ का वडाध्यक्ष ईन्द्र गुरुङ र पार्टीका नगर कमिटी सदस्य सुरेन्द्र तामाङ लगायतले बोलेका थिए ।