दुलेगौंडा । ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी ,अल्मुना तनहुँले पौरवी समूह गठन गरेको छ । समाजमा रहेको कुरीति, जातियविभेद हटाउनुको साथै महिला तथा किशोरीहरुको अधिकारका लागि आवाज उठाउने संस्थाको रुपमा स्थापित रहने गुठीकी अध्यक्ष कमला अधिकारीले बताईन् । उनका अनुसार रेष्ट संस्थाले छोरीलाई पढाउने मात्र नभएर राज्यले दिएको अधिकार प्रदान गर्न पहल गर्ने छ ।
यस समूहले बालबिवाह, बालश्रम, किशोरीमाथि हुने यौन दुव्यवहार आदिको विरुद्धमा प्रक्रियाबद्ध रुपमा न्यायको लागि सम्बन्धीत निकायसम्म पहल गर्ने गुठीका अध्यक्ष अधिकारीले बताईन् । ‘यस समूहले बालबिवाह, बालश्रम, किशोरीमाथि हुने यौन दुव्यवहार जस्ता विविध छोरीमाथि हुने हिसांको विरुद्धमा आवाज उठाउने छ । हामीले नै कारबाही गर्ने होईन की, दोषिलाई कारबाही गराउनका लागि सम्बन्धीत निकायलाई पहल गर्ने हो । हामीले मात्रै संगठित रुपमा आवाज उठाउने हो’ उनले भनिन् ।
पैरवी समूहमा २० जना सदस्यहरु रहेका छन् । जहाँ जनकल्याण माध्यमिक विद्यालयका प्र.अ दिपक ढकाल, पञ्चमुनिदेव माध्यिमिक विद्यालयका मोहन कुमार श्रेष्ठ, श्रमिक आधारभुत विद्यालयका प्रधानाध्यापक केशवराज पौडेल, पत्रकार हरि खरेल, रेष्टका आशा पौडेल, संगिता विक, देविता विक, सम्झना विक, बेलीमाया कुमाल, बिनिता विक, कृष्णकुमारी राना, संगम विक, रिना राना, सुमित्रा भुजेल, दिपिका विक, विपना परियार, अस्मिता परियार, बवि पुन, वविता बसौला र सलिना नेपाली रहेका छन् ।