खैरेनीटार । लायन्स क्लब अफ तनहुँ खैरेनीटारले शुक्लागण्डकी नगरपालिका–७ मा रहेको सरस्वती नमुना माध्यमिक विद्यालयमा आकस्मिक स्वास्थ्य कक्ष स्थापना गरेको छ । विद्यालयमा हनुे आकस्मिक बिरामी वा दुर्घटना भएको अवस्थामा उपचार गराउन सहज होस भन्ने उद्देश्य सहित उपचार कक्षको स्थापना गरेको क्लबका अध्यक्ष नारायण पोख्रेलले जानकारी दिए ।
कार्यक्रममा बोल्दै लायन्स क्लब अफ ईन्टरनेश्नल ३२५ एल नेपालका डिस्ट्रीक गभर्नर रत्न वज्राचार्यले क्लबले गरेको कार्य उत्कृष्ट रहेको बताए । साथै उनले ‘एक क्लब एक आकस्मिक कक्ष कार्यक्रम’ यसै कार्यक्रमबाट सुरूवात भएको बताए । क्लबले गरेको यस कार्यले दीर्घकालिन रुपमा सकारात्मक प्रभाव पार्ने बताए ।
कार्यक्रम बोल्दै विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले सरकारले गर्न नसकेको काम लायन्स ले गरेको बताए । साथै विद्यालयले पनि उपचार कक्षको संरक्षण र संबद्धनमा सहयोगि भुमिका निर्वाह गर्ने बताए ।
क्लबका अध्यक्ष पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष समुन्द्रराम श्रेष्ठ ,जोन चियर पर्सन सुजित हिराचन, लायन्स क्लव अफ तनहुँ म्याग्देका संस्थापक अध्यक्ष भिमलाल श्रेष्ठ , डिस्ट्रीक चियरपर्सन पिताम्बर तिम्सिना , लायन्स क्लव अफ तनहुँ बेलचौताराका अध्यक्ष उत्सव भुजेल, विव्यस अध्यक्ष पवन कुमाल, पुर्व विव्यस अध्यक्ष सुर्य मणि सुवेदी , सहायक प्र.अ. सन्जिव श्रेष्ठ ,खैरेनीटार बजारईकाई सभापति पूर्ण कायस्थ, क्लवका प्रथम उपाध्यक्ष प्रमोद लामिछाने दृत्तिय उपाध्यक्ष श्रीराम सुवेदी, लायन्सका परमेश्वोर बराल, सुमन भट्ट , मनकृष्ण श्रेष्ठ, तारा भुसाल लगायतको उपस्थिती रहेको थियो ।