तनहुँ । साउन महिना विशेष गरेर आशुतोष भगवान (महादेव) को प्रिय महिना भएकोले साउनको सोमवार विशेष पूजा आराधना गर्ने गरिन्छ । सोमवारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोकामना सिद्ध हुने विश्वास रही आएको छ ।
यो वर्ष साउनमा ५ वटा सोमवार परेका थिए । साउन महिनाको हरेक सोमबार देशभरीका शिवालय मन्दिरमा भक्तजनहरुको उल्लेखनिय उपस्थिती देखिएको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा साउन महिनाको अन्तिम सोमबारका दिन विहानैदेखि भक्तजनको उल्लेखनिय उपस्थिती रहेको छ ।
यो संगै शुक्लागण्डकी नगरपालिका–५ झरौटामा रहेको शिव पञ्चायन मन्दिर, शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा रहेको शिवालय मन्दिर, शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा रहेको शिव मन्दिर लगाय विभिन्न ठाउँमा रहेको शिब मन्दिर मा पनि भक्तजनको घुईचो लागेको थियो ।
सोमवारका दिन पूजा आराधना र अर्चना गर्नाले मनोकामना सिद्ध हुने विश्वास रही आएको छ । सात्विक खानपान र हरियाली चुरा पोते जस्ता सौभाग्यको साथमा साउनका सोमवारको व्रत बसेर मनाइएको छ । महिनाको अरू दिन नसके पनि सोमवार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुशी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । हस्ता नक्षत्रयुक्त सोमवारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसङ्ग पुराणमा पाइन्छ ।