हलेदी । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मा रहेको बाँगेडाँडा तमु समाजको अध्यक्षमा पुर्णबहादुर गुरुङ चयन भएका छन् । आईतबार भएको समाजको वृहत भेलाले पूर्णबहादुरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपाध्यक्षमा हर्कबहादुर गुरुङ, सचिवमा मनिषा गुरुङ, कोषध्यक्षमा नरबहादुर गुरुङ चयन भएका छन् । यसै गरि सदस्यहरुमा दिलिप गुरुङ, मान बहादुर घले, रुमबहादुर गुरुङ, कृतिबहादुरु गुरुङ, मोहन सिंह गुरुङ, मनिता गुरुङ, सुनिता गुरुङ, कृष्णमाया गुरुङ र जौ माया गुरुङ चयन भएका छन् ।
समाजको वृहत भेलाले शुक्लागण्डकी नगरपालिका–२ का संस्थापक वडाध्यक्ष जगत बहादुर गुरुङलाई सम्मान दिएको थियो । बाँगेडाँडा तमु समाजले गुरुङ समुदायको भाष, धर्म, कला, संस्कृतिको संरक्षण र संबद्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको छ ।