पाेखरा- पोखरा महानगरपालिका–३२ लामेआहाल स्थित राधाकृष्ण मन्दिर परिसरमा खुला भजन चुट्का प्रतियोगिता हुने भएको छ ।राधाकृष्ण साँस्कृतिक समुहले भाद्र ३ गते श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर श्रीकृष्ण जन्माष्टमी महोत्सव एवं सातौँ खुला भजन चुट्का प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा प्रथम हुने समुुहले नगद ४० हजार, द्धितीयले नगद ३० हजार, तृतीयले नगद २० हजार र सान्त्वना हुनले नगद १० हजारको साथमा प्रमाणपत्र प्राप्त गरेको छ । आयोजका अनुसार सहभागी प्रत्येक समुहलाई प्रोत्साहन स्वरुप ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
सो अवसरमा बरिष्ठ लोकदोहोरी तथा भजन गायक प्रजापति पराजुलीको विशेष प्रस्तुति रहनेछ । साथै, राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय महासचिव डा. तुलसी प्रभास खनालको विशेष आतिथ्यतासंगै स्थानीय भजन गायक भोला भण्डारीको भजन समुहको प्रस्तुति हुनेछ।