गाछेपानी । तनहुँको प्रसिद्ध धार्मिक स्थलको रुपमा स्थापित मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा सञ्चालन भएको शिव महिमा बोलबम धार्मिक महोत्सबबाट आयोजकले ३० लाखभन्दा बढी आम्दानी गरेको छ ।
साउन १६ गतेदेखि २३ गतेसम्म च्यवन धाममा आयोजित महोत्सवबाट भएको आम्दानी तथा खर्च विवरण आयोजकले शनिबार सार्वजनिक गरेको हो । महोत्सवको आर्थिक संकलन उपसमितिका संयोजक शिव गर्तौलाले ३० लाख ५६ हजार ५८३ रुपैयाँ आम्दानी भएको जानकारी दिए ।
उनले नगदसहित कबोल गरिएको दान ३० लाख ३९ हजार ३३३ रुपैयाँ संकलन भएको बताए । महोत्सव सम्पन्न गर्न १२ लाख ५८ हजार ९२० रुपैयाँ खर्च भएको छ ।