दुलेगौंडा । तनहुँकाे म्याग्दे गाउँपालिका-३ धयरे स्थित सम्धी खाेलामा माईक्रोबस दुर्घटना हुदाँ १४ जना घाइते भएका छन् । पृथ्वीराजमार्ग देखि १५ मिटर तल माईक्रोबस खस्दा माईक्रोबसमा सवार १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विहीबार विहान ९ बजेतिर दमौलीबाट पोखरातर्फ जादै गरेको बा ४ ख ९९९९ नम्बरको माइक्रो बस आफै अनियन्त्रित भई पुलको रेलिङमा ठक्कर खाई १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घट्नामा परी चालकसहित ७ जना पुरुष र ७ जना महिला गरी १४ जना यात्रुहरु घाइते भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार घाइतमध्ये बिमल रानाभाट, भानुप्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र माईक्रोबस चालक जिवन आलेलाई मणिपाल अस्पताल पोखरा पठाइएको छ । उनीहरुको अवस्था मध्यम रहेको खड्काको भनाई छ । अन्य घाईतेहरुको रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।