तनहुँ । नेपालको चर्चित रियालिटी सो सुपर डान्सर नेपालमा दुलेगौंडाका मन्दिप गुरुङ छनोट भएका छन् । विभिन्न छनोटका चरण पार गरि हिजो भएको अन्तिम छनोट चरणबाट मन्दिप टिभि राउण्डमा पुगेका हुन् ।
आफुले गरेको मिहिनेतका कारण यति ठुलो सो मा आईपुग्न सफल भएको मन्दिप गुरुङले बताए ।
मन्दिपलाई विगत ६ बर्ष अगाडीदेखि नृत्य प्रशिक्षण गराएका रोशन गुरुङका अनुसार मन्दिप नृत्य क्षेत्रमा लगाव भएको बालक हुन् । ‘मन्दिप उमेरले १२ बर्ष भए पनि उसको मिहिनेतले उनि धेरै माथि पुगि सकेका छन् । कोही न कोही नृत्य क्षेत्रबाट ठुलो पर्दामा पुगेको हेर्ने मेरो ईच्छा र सपना थियो । मन्दिपले आफ्नो सपना संगै मेरो सपना पनि पुरा गरेका छन् ।’ उनले भने ।