बेलचौतरा । लायन्स कलब अफ तनहुँ खैरेनीटार र लियो क्लब अफ खैरेनीटार दुलेगौंडा मन्त्रले युवाहरुका लागि प्ररणदायी कार्यक्रम संञ्चालन गरेको छ । सोमबार दुई क्लबले बार्षिक कार्यक्रम अन्र्तगत रहेर संयुक्त रुपमा शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रहेको भानुभक्त बहुमुखी क्याम्पसका विद्यार्थीलाई अभिमुखिकरण गराएको हो ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) हरेक व्यक्तिमा किताबि ज्ञान संगसंगै बाहिरी ज्ञान हुनु अति आवश्यक रहेको बताए । पछिल्लो समयका युवा पुस्ताले अग्रजलाई केही गरेन भने गालि गर्ने प्रवृत्ति बढी रहेको बताए । उनले अग्रजलाई गालि गरेर होईन अग्रजलाई सम्मान गरेर विगतका ज्ञान, सिप हस्तान्तरणमा गर्नका निम्ति लागि पर्न सल्लाह दिए । ‘पछिल्लो समय युवाहरुले अग्रजलाई हरेक कुरामा गालि गरिरहेको अवस्था छ । अग्रजलाई गालि गरेर होईन उहाँहरुलाई सम्मान गर्न जान्नु पर्छ । उहाँहरुसंग भएको ज्ञान, सिप, दक्षता, अनुभव पुस्तान्तरण गर्न सहयोगि भुमिका खेल्न जरुरी छ’ उनले भने ।
तालिममा प्रशिक्षकको रुपमा अमृत कुमार भट्टराई, विद्याधर त्रिपाठी, विकास बरुवाल क्षेत्री, रामभक्त घिमिरे रहेका थिए । उनिहरुले युवाहरुलाई लागूऔंषध दुव्र्यसनी, व्यक्तित्व विकास, सार्वजनिक भाषण, नेतृत्व विकास, सञ्चार सिप लगायतका बिषयमा अभिमुखिकरण गराईएको थियो ।
लयन्स क्लबका अध्यक्ष नारायण पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा जोन चियर पर्सन सुजित हिराचन, क्याम्पस प्रमुख रमेश अधिकारी, लायन्स सुन्दर बस्याल, पिताम्बर तिमिल्सेना, गणेश ढकाल, प्रमोद लामिछाने,प्रज्वल गुरुङ, धिरज खत्री लगायतको उपस्थिती रहेको थियो ।