दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-१० स्थित लामपाटामा एक किशोरीले आत्महत्या गरेकी छिन् । आत्महत्या गरि मृत्युु हुनेमा १८ बर्षकी सन्ताेषी भुजेल रहेको ईलाका प्रहरी कार्यालय बेलचाैताराका प्रमुख याम नारायण अर्यालले जानकारी दिए ।
गएराति ९ बजेको आसपासमा किशोरीले पलाष्टिककाे डाेरिले पासाे लगाई आत्महत्या गरेकाे अर्यालले जानकारी दिए । `आफ्नै कच्ची घरको सुत्ने कोठाको काठको दलिनमा पलाष्टिकको डोरीको पासो लगाई झुन्डिएको अवस्थामा निजको श्रीमान सुरज भुजेलले झ्यालबाट देखी, ढोकाको चुक्कल फोरी तत्काल घाटीको डोरी फुकाई उपचारको लागी जी.पी.कोईराला श्वास प्रश्वास केन्द्र बेलचौतारा लगेका रहेछन् । तर अस्पतालले बाटाेमै मृत्यु भईसकेकाे घाेषणा गरेकाे थियाे´ उनले भने ।
गएराति घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धानकाे प्रक्रिया अगाडि बढाएको थियाे । घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको बताए । बारेमा थप अनुसन्धान भईरहेकाे अर्यालले जानकारी दिए ।













