काठमाण्डौ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा पाँच दलले तालमेल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
बैठकले चुनावी तालमेल गर्ने निर्णय गरे पनि सिट बाँडफाँटको विषय भने टुङ्ग्याएको छैन । चुनावी तालमेललाई न्यायपूर्ण र व्यवस्थित बनाउनका लागि कार्यदल गठन गरी अघि बढ्ने सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।