काठमाण्डौ – सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव मङ्सिर ४ गते आइतवार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले मङ्सिर ४ गते देशैभर एकै चरणमा चुनाव गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिए ।
सत्ता गठबन्धनको हिजो बुधवार बसेको बैठकले आउँदो मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनाव एकै चरणमा गर्ने गरी सहमति जुटाएको थियो ।