दुलेगौंडा । लायन्स क्लब अफ शुक्लागण्डकीले आयोजना गरेको रक्तदान कार्यक्रममा २११ प्रिन्ट रगत संकलन भएको छ । लायन्सले बार्षिक कार्यक्रम अन्र्तगत रहेर रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष सुमन सापकोटाले बताए ।
क्लबका अध्यक्ष सापकोटाका अनुसार गण्डकी प्रदेशमा नै लायन्स कलब अफ शुक्लागण्डकीले सबैभन्दा धेरै रगत संकलन गरेकोे दाबि गरे । ‘गण्डकी प्रदेशमा अहिले सम्म लायन्सले गरेको रक्तदान कार्यक्रममा यति धेरै गरत संकल नभएको छैन् । गण्डकी प्रदेशमा नै सबैभन्दा धेरै रगत संकलन गर्न सक्ने हामी हो’ उनले दाबि गर्दै भने । साथै रक्त सञ्चार पोखराले २११ ब्लड ब्याग ल्याएको हुदाँ केही व्यक्तिहरु रक्तदान गर्ने इच्छा हुदाँ हुदाँ पनि छुटेको बताए ।
पछिल्लो समय रक्तदान गर्न चाहानेको संख्यामा वृद्धि भएको रक्तसञ्चार केन्द्र पोखराका वरिष्ट प्राविधिक महेन्द्र केसीले जानकारी दिए । साथै आज भएको रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने मानिसहरुको संख्या बढी रहेको बताए ।
रक्तदान कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर बिक (राजु), भागवत मञ्जरी राधिका दासी, सञ्चारकर्मी तथा आम सर्वसाधरण नागरिकले रक्तदान गरेका थिए ।