खैरेनीटार । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ मा रहेको खैरेनी माध्यामिक विद्यालयले एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । २०७८ सालको एसईई परिक्षामा सामुदायिक विद्यालयको साधारण धारतर्फ ३.८५ जिपिए प्राप्त गर्दै तनहुँ जिल्लाकै उत्मृष्ट अंक प्राप्त गर्न सफल सुलोचना सुवेदी सहित १३२ जाना विद्यार्थिलाई विद्यालयले सम्मान गरेको हो ।
बधाई तथा सम्मान कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका ६ का वडाध्यक्ष बुद्धिबहादुर थापाले विद्यार्थीले प्राप्त गरेको नतिजाले विद्यालयको शिर ठाडो भएको बताए । विद्यालयले सफलता हासिल गर्न शिक्षक, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजिवी, विद्यार्थी सबैको सहयोग रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै जिल्लामै उत्कृष्ट अंक ल्याउन सफल सुलोचना सुवेदीले आफ्नो नजिजा राम्रो हुनुका मुख्य श्रेय शिक्षकलाई दिईन ।विद्यालयका प्रधानाध्यापक बोधराज ढकालले विद्यार्थीले प्राप्त गरेको नतिजाले विद्यालय जिल्लाकै उत्कृष्ट बन्न सफल भएको बताए ।
आजकै दिन विद्यालयको बाल क्लबले पनि सामुहिक रुपमा एसईईमा उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।