दुलेगौंडा । आमाको पिटाईबाट गम्भिर घाईते भएका नावालकको उपचार गर्न आर्थिक सहयोग जुट्न थालेको छ । आफ्नै आमाको कुटाईबाट घाईते भएपछि स्थानीय र जनप्रतिनिधीको सहयोगमा अस्पताल उपचारत अवस्थामा रहेका शुक्लागण्डकी–१० का ६ बर्षीय सागर नेपालीलाई ढारेली समाज काठमाडौले आर्थिक सहयोग गरेको हो ।
बुधबार समाजका आजिवन सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, समाजका सल्लाहकार राजेन्द्र प्रकास घिमिरे, समाजको महासचिब धर्म दत्त अर्याल र समाजसेवी रमेस भण्डारीको उपस्थिति संकलन भएको २५ हजार ५ सय रुपौयाँ उपचार कार्यमा सहयोग गरिरहेका शुक्लागण्डकी नगरपालिका–१० का वडा सदस्य बिमल रानाको हस्तान्तरण गरिएको छ ।
बुवाको मृत्यु भएपछि आमा टिकादेवि नेपालीले आगो फुक्ने ढुङ्ग्रोले हिर्काउन सागरको टाउकाको विभिन्न स्थानमा चोट लागेको थियो । कुटपिटबाट गम्भिर घाईते भएका छोरालाई लिएर खोला किनारमा शंकास्पद गतिविधी गरेको आरोपमा आमालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिले बालक गण्डकी हस्पिटल पोखरामा उपचारत अवस्थामा रहेका छन् ।
घटनाको बिषय थाहा पाएपछि शुक्ला न्यूजले असार २६ गते स्थलगत रिर्पाेटिङ्ग गरेको थियो । घटनाको समाचार हरेपछि समाजले बालकलाई सहयोग रकम जुटाएर सहयोग गरेको समाजको महासचिब धर्म दत्त अर्यालले जानकारी दिए ।