दुलेगौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्लागण्डकी नगरपालिका–१० बसुवाटोलमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ ।
कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै राप्रपाका प्रदेश अध्यक्ष पञ्चराम गुरुङ संघियता खारेज हुनुपर्ने कुरालाई जोड दिदै मौलिक धर्म संस्कृति सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्र्ने कुरालाई जोड दिए । साथै उनले अन्य पार्टीले गरेको कार्यले जनता दुखी रहेको हुदाँ नेपाली पनको राप्रपा पार्टीमा लाग्न सम्पूर्णलाई आग्रह गरे ।
शुक्लागण्डकी नगरपालिका–१० का ५० जना राप्रपाको पार्टी प्रवेश राप्रपाका नगर सचिव उपेन्द्र लाल श्रेष्ठ जानकारी दिए ।
राप्रपा शुक्लागण्डकि नगर समितिको अध्यक्ष यम बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य जयलाल पुन , गौमाया श्रेष्ठ , शोभा गुरुङ , जिल्ला अध्यक्ष बिनोद घर्ती , क्षेत्रीय अध्यक्ष रामकुमारी भुषाल लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव रेशम अधिकारी गरेका थिए ।