सेराटार । जिल्लाको शुक्लागण्डकी नगरपालिका–७ सेराटारमा रहेको कुश्मावती आधारभुत विद्यालयको नव निर्माण हुने भवनको शिलन्यास भएको छ । सुर्य नेपाल प्रालिको आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको हो । बुधबार शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले निर्माण हुने भवनको शिलन्यास गरेका हुन् ।
भवनको शिलन्यास गर्दै मेयर पण्डितले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नगरपालिका सकारात्मक रहने बताए । साथै उनले विद्यालयलाई आवश्यक पर्ने शिक्षक दरबन्दी दिने प्रतिबद्धता समेत व्यक्त गरे । भवन निर्माणमा सहयोग पु¥याउने सुर्य नेपाल प्रालिले सामाजिक क्षेत्रमा गरेका कार्य उदाहरणीय रहेको उनको भनाई छ । ‘निजि क्षेत्रको संस्थाले सामाजिक क्षेत्रमा दिएको योगदान महत्वपूर्ण रहेको छ । यसले गर्दा विद्यार्थीलाई विद्यालयमैत्री वातावरणमा पढ्नपाउने वातावरण सिर्जना भएको छ’ उनले भने ।
विद्यालयको भवन निर्माण सम्पन्न गर्न १० करोड ५० लाख लाग्ने सुर्य नेपाल प्रालिका कारखाना प्रमुख बाबुराम कार्कीले बताए । उनका अनुसार ४ करोड बराबरको ७ रोपनि ९ आनाको जग्गा र भ्याट सहित ६ करोड ५० लाख निर्माण खर्चमा छुट्याईएको छ । विद्यालयको स्तर उन्नती गर्न गर्न आवश्यक रहेको हुदाँ विव्यस, शुक्लागण्डकी नगरपालिका र सुर्य नेपाल प्रलिको त्रिपक्ष सहमतिमा नव भवन निर्माण गर्न लागेको बताए । जहाँ आर्थिक र प्राविधिक पक्ष सुर्य नेपालले जिम्मा लिनेछ ।
कारखाना प्रमुख कार्कीका अनुसार २४ कोठे भवन निर्माण हुनेछ । जसमा १६ कोठा प्रशासन र कक्षकोठा रहने छ भने ८ कोठा प्रयोगशाला, क्यान्टिन, स्टोर रुम रहने छ । कम्पनिले एक बर्ष भित्र विद्यालय निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य रखेको छ । विद्यालय रहेको ठाउँभन्दा केही पर नयाँ भवन निर्माण हुनेछ ।
सिलन्यास कार्यक्रममा शुक्लागण्डकी उद्योग बाणिज्य संघका अध्यक्ष बिमल प्रसाद रिमाल, वडा नं ७ का अध्यक्ष खड्क सिं थापा, म्यग्दे ६ का अध्यक्ष हिरा गुरुङ बिद्यालय व्यवस्थापन समिति एवं वडा सदस्य राज बहादुर थापाले मन्तब्य राख्नु भएको थियो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा सपन्न उक्त कार्यक्रमको सन्चालन बिद्यालयका प्रधानाध्यापक सिता कुमारी गिरीले गर्नु भएको थियो ।