गाछेपानी । तनहुँ जिल्लाको प्रशिद्ध धार्मिक स्थल मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा शिव पुराण बोलबम महोत्सव आयोजना हुने भएको छ । साउनको महिना विशेष गरेर शिवको भक्ति, आरधाना गरिने हुदाँ साउन १६ गते देखि २३ गतेसम्म बोलबम महोत्सव आयोजना गर्न लागिएको शुक्लागण्डकी मुक्तिनाथ च्यवन धाम विकास समितिका सचिव दुर्गादत्त सापकोटाले जानकारी दिए ।
समितिका सचिव सापकोटाका अनुासर बोलबम महोत्सवले च्यवनधाम मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सहयोग पु¥याउने बताए । ‘मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने, धार्मिक उत्प्रेरणको माध्यमबाट समाज परिर्वतन गर्ने, भक्तजनबाट प्राप्त दानबाट मन्दिरको संरचना विस्तार र विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो’ उनले भने ।
१६ गते देखि २३ गतेसम्म हुने महोत्सवममा कलशयात्रा, शिवको भक्ति सहितको कथा वाचन, भजन, रुद्रि, होमन, झाकी लगायतका कार्यहरु हुने आयोजकले बताएको छ । जहा भगवत मञ्जरी राधिका दासी महाराजको मुखारविन्दबाट शिवमहिमा बाचन हुनेछ । च्यवन धाममा १०८ धार, १०८ बरपिपल, बौद्ध गुम्बा र शुक्लेश्रवर महादेवको मन्दिर रहेको छ ।